Connect with us
Kapilvast Forest

धरानमा एक पुरुषको हत्या

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

 

सुनसरी- सुनसरीको धरानमा एक युवकको हत्या भएको छ ।सुनसरीको धरान उपमहानगरपालिका–५ तल्लो देउराली नजिकै सेउती खोलाको बगरमा एक पुरुषको बीभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको छ ।

शरीरभरि गहिरो चोट्पटक लागेर हत्या गरिएको अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताउनुभयो ।

हत्या गरिएका पुरुषको पहिचान हालसम्म खुलेको छैन् ।बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुर सहितको टोली घटनास्थल गएर अनुसन्धान गरेको छ ।

मृतकको शव पोस्ट्मार्टमको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu