Connect with us
Kapilvast Forest

राप्रपा नेता शाह र चौधरीले भेटे केन्द्रिय अध्यक्ष लिङ्देनलाई

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

न्युजसेन्टर नेपाल
राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाह र कपिलवस्तुको शिवराज नगरपालिकाको उपम्मेयर पदको उम्मेदवार बिपासा चौधरीले राप्रपाको केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनसगँ राजनीतिक विषयमा भेटघाट गर्नु भएको छ ।

भेटका क्रममा राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले कपिलवस्तु शिवराज नगरपालिकाको मेयर पदमा राप्रपाको उम्मेदवारले निर्वाचित भएको प्रती धन्यवाद दिनु भयो ।

अध्यक्ष लिङ्देनले राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष समेत रहेक सइद अहमद शाहले आफुले पाएको मेयर पदको टिकट अजय थापालाई दिई विजयी गराएकोले पार्टीले राम्रो मुल्यांकन गरेको बताउनु भयो ।

भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशमा राप्रपाको राजनीतिक अवस्थाको बारेमा केन्द्रिय अध्यक्ष लिङदेनलाई जानकारी गराएको राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले बताउनु भयो ।

लिङ्देनलाई कपिलवस्तु आउनका लागि निमन्त्रणा गरिएको भेटमा सहभागी राप्रपा नेतृ विपासा चौधरीले न्युज सेन्टर नेपाललाई जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu