Connect with us
Kapilvast Forest

नेकपाकै गाडी चढ्छन् विप्लव र बाबुराम

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

 काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा हुने छलफल एजेण्डा तथा सम्झौताका विषयलाई प्राथसमकताका साथ प्रकाशित गरेका छन् ।  पत्रपत्रिकामा प्रधानमन्त्री केपी ओलीले मुलुकको समसामयिक विषयमा गरेको टिप्पणीसहित राजनीतिक, आर्थिक, शिक्षा, स्वास्थ्य, अनियमितता र समाजको विविध पक्ष फरक फरक शीर्षकम उठान भएको छ ।

गोरखापत्र दैनिक– मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ् बहुप्रतिक्षित नेपाल भ्रमण हुने समाचारले नेपालीमा ठूलो तरङ्ग पैदा गराएको छ । राष्ट्रपति सीको भ्रमण सफल बनाउन उच्च्स्तरको तयारीमा नेपाल सरकार जुटिरहेको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति सीको भ्रमणले दुई देशको मित्रता अझ उचाइमा पुर्याउने बताउनु भएको छ । प्रधानमन्त्रीले राष्ट्रपति सीको भ्रमण नेपालले के पाउने भन्ने विषयमा मात्र केन्द्रित नहुने प्रष्ट्याउनु भएको छ ।

‘कुनै पनि देशका सरकार प्रमुख वा राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुँदा हामीले के के पाउने भनेर सुची बनाएर बस्नु हुँदैन, हामीले मित्रताको अपेक्षा गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘म कुनै पनि देशको भ्रमणमा जाँदा वा कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा पहिलो अपेक्षा के भनेर भन्दा मित्रता हो । भौतिक अपेक्षा तपसिलका प्रतिफलका रुपमा आउने कुरा हो, मुख्य कुरा मित्रता अभिवृद्धि नै हो ।’

कान्तिपुर दैनिक– सबै प्रकारका आप्रवासीको सुरक्षा, अधिकार र हकहितका लागि संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी विश्वव्यापी सम्झौता (जीसीएम) नेपालले त्यसलाई कार्यान्वयन गर्न राष्ट्रिय कार्य योजना बनाएको छैन ।

जीसीएम कार्यान्यवनका लागि यसको पक्षधर राष्ट्र नेपालले अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सबै तहमा राष्ट्रिय कार्यनीति तथा सहकारीताका आधारमा संरचना बनाउने निर्णय गरेको थियो । नागरिक समाज, आप्रवासी तथा डायस्पोरा संगठन, मानव अधिका आयोग, रेडक्रस, प्राज्ञ, सञ्चार क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य र साझेदारी गरी जीसीएम कार्यान्वयन गर्ने नेपालले प्रतिवद्धता जनाएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक– गाडी अन्य पार्टीका नेताले चढिरहेका छन् । तर सत्तारुढ दल नेकपाले ती सबै आफ्नो पार्टीको सम्पति विवरणमा राखेको छ ।

नेकपाले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई लगायत ११ नेताको गाडी पनि पार्टीको सम्पति विबरणमा राखेको छ ।

राजधानी दैनिक– निवर्तमान सभामुख कृष्णबहादुर महराले, सरकारबाट लिँदै आएको सुविधा र गाडी फिर्ता गर्नुभएको छ । महराका सञ्चारविद् डिल्ली मल्लका अनुसार निवर्तमान सभामुखसँग रहेका सुरक्षा गार्ड बिहीबार फिर्ता भएका छन् ।

कारोबार दैनिक– चाडपर्वको भीडभाडमा व्यापारीले बिलबिना नै कारोबार गर्न थालेको भन्दै सरकारले निगरानी बढाएको छ । राजधानी फर्म तथा पसलहरुले बिना बिलमा कारोबार गर्न थालेको पत्तो पाएपछि आन्तरिक राजश्व विभागले क्षेत्र छुट्याएर निगरानी बढाएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu