Connect with us
Kapilvast Forest

प्रेस युनियनको समानान्तर भेला काठमाडौंमा, महाधिवेशनको अलग्गै मिति तोक्ने तयारी

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-पटकपटक महाधिवेशनको मिति सारिएको विरोधमा नेपाल प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला गरेको छ ।

 

पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात २१-२२ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् ।

काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने प्रेस युनियन काठमाडौं शाखाका पूर्वअध्यक्ष नकुल अर्यालले जानकारी दिए ।

 

‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, आजै उद्घाटन गर्नुपर्ने अधिवेशन सारेर भदौ २१-२२ पुर्‍याइएको छ,’ उनले भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’

 

वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्वअध्यक्षको भेला भइरहेको हो ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्वअध्यक्षहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।भेलामा कांग्रेस सभापति शेरबहादुर देउवाइतर समर्थक पत्रकारहरूको उल्लेख्य सहभागिता छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu