Connect with us
Kapilvast Forest

निर्माण व्यवसायी भन्छन्- मूल्यवृद्धिले घर सम्पत्ति सबै गुमाउनु पर्ने अवस्था आउन थाल्यो

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

दाङ-पछिल्लो समय हरेक कुरामा भएको मूल्यवृद्धिका कारण व्यवसायी बाँच्न सक्ने अवस्थामा नरहेको व्यवसायीहरूले बताएका छन्।शुक्रबार दाङको भालुबाङमा आयोजित निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको विशेष साधारण सभामा महासंघका बाँके जिल्लाका अध्यक्ष टेकबहादुर खड्काले बढ्दो महंगीका कारण व्यवसायी बाँच्न सक्ने अवस्था नरहेको बताए।

उनले घर जग्गा तथा सम्पत्ति सबै बैंकमा धितो राखेर निर्माणको काम गरिरहेको भए पनि बढ्दो महंगीका कारण असार पछाडि व्यवसायीले घर सम्पत्ति सबै गुमाउनु पर्ने अवस्था आउन थालेको बताएका छन्।

‘पहिला काममा लिँदा भन्दा अहिले इन्धन, सिमेन्ट, रड, बालुवा गिट्टी, इँट्टा सबैको मूल्य गुणात्मक रूपमा बढेको छ’ उनले भने,‘जस्ले गर्दा असार-साउनपछि निर्माण व्यवसायीले सुसाइड गर्नुपर्ने स्थिति आउन सक्छ।’

निर्माण व्यवसायीहरूले पहिले नै ४०-४५ प्रतिशत कममा टेन्डर आह्वान गरी काम स्वीकार गरेता पनि पछिल्लो समय मूल्य वृद्धिका कारण व्यवसायी बाँच्न सक्ने अवस्था नरहेको बताए।

महासंघ गुल्मी जिल्लाका अध्यक्ष नारायणप्रसाद पोखरेलले राज्यले १०० रुपैयाँमा यो लागत सम्पन्न हुन्छ भन्ने थाहा पाएर पनि राज्यले नै ३० रुपैयाँमा काम गर्न दिने प्रवृत्तिका कारण व्यवसायी थप समस्यामा परेको तर्क गरे।

‘यो काम गर्न करोड पर्छ भनेर निर्णय गर्ने पनि राज्य नै छ र त्यहीँ काम घटेर ३० लाखमा गर भन्ने पनि राज्य नै छ’ उनले प्रश्न गरे, ‘यो कस्तो सरकार हो र यसबाट कसरी निर्माण व्यवसायीको बाँच्न सक्छन्?’

प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा निर्माण व्यवसायीलाई क्रिडिट लाइन अनिवार्य गर्दा व्यवसायी थप मर्कामा परेको उनले गुनासो गरे।क्रिडिट लाइनका निमित्त जग्गा, जमिन, घर लगाएत पैसा धरौटी सम्पूर्ण सामान राख्नु परे पनि त्यसले निर्माण व्यवसायीलाई कुनै सुविधा नदिने गरेको उनले बताए।

एक करोडको टेन्डर भर्दा ६० देखि ७० लाखको बैंक ग्यारेन्टी जम्मा गर्नुपर्दा निर्माण व्यवसायी थप समस्यामा पर्ने गरेको बताए।कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले व्यवसायिक एकतामा जोड दिएका थिए।

रायमाझीले सरकारले अब आउने नयाँ आर्थिक बजेटमा मूल्यवृद्धिको कुरा सम्बोधन गर्ने भनेकाले त्यस समयसम्म पर्खन र त्यसो नभए आन्दोलनका लागि तयारी अवस्था रहन आग्रह गरेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu