Connect with us
Kapilvast Forest

त्रियुगाको मेयरमा कांग्रेसका बसन्तकुमारले बढाए अग्रता

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

उदयपुर – त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता बढाएका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतको प्रतिस्पर्धीहरूसँग करिब २००० को मतान्तर छ ।

बस्नेत ८२०० मतका साथ अग्रस्थानमा छन् भने एमालेका भागवत राउतले ६३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६३०२ मतका साथ पछ्याइरहेका छन् ।

 

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७४१० मतका साथ अग्रस्थानमा छन् । एमालेकी महेश्वरी राईले ७०५४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । माओवादीकी गीता खड्का (कार्की)को ४८२५ मत छ ।

नगरपालिकाका १६ मध्ये हासम्म वडा नं. १, २, ३, ४, ५, १३, १४, १५ र १६ गरी ९ वडामा गणना सकिएको छ । वडा नं. ६, ७, ८ तीनवटा गणना चलिरहेको छ भने ९, १०, ११ र १२ वडा गणना बाँकी छन् ।

गणना सकिएको ९ वटा वडाहरुमध्ये १, ३, ४, ५ र १३ गरी ५ वटामा कांग्रेसले जितेको छ । वडा नं. १४, १५ र १६ गरी ३ वटामा (माओवादी केन्द्र)ले जितेको छ भने वडा नं. २ मा एमालेले वडाध्यक्ष जितेको छ ।

अझैं १६ हजार २०४ मत गणना हुँन बाँकी रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu