Connect with us
Kapilvast Forest

दाङमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

death

दाङ-दाङमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु हो ।

मृत्यु हुनेमा लमही नगरपालिका-१ निवासी भागबहादुर पुन रहेका छन् । पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए ।

 

पुनको घाटीमा गोली लागेको छ ।

उनको शव लमही अस्पतालमा राखिएको छ । मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख काफ्लले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu