ज्योति लाइफ इन्स्योरेन्स चन्द्रौटाद्धारा नगर प्रमुख थापालाई सम्मान
कपिलवस्तु-ज्योति लाइफ इन्स्योरेन्स चन्द्रौटा उपशाखाले शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अजय थापालाई सम्मान गरेको छ । सनिवार एक कार्यक्रमका विच चन्द्रौटामा अवस्थित ज्योति लाइफ इन्स्योरेन्सले सम्मान गरेको उपशाखा प्रमुख युवराज पौडेलले बताउनु भयो सम्मान ग्रहणपछि कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले सबै ले जिबन बिमा गर्न आवश्यक रहेको बताउनु भयो ।
जीवन विमा जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि पनि आधार रहेको भन्दै विमा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नगरलाई आर्थिक उन्नतिमा लैजान विभिन्नसरकारी तथा गैर संघ संसस्थाहरु सगँ पनि सहकार्य गर्ने बताउनु भयो ।
यसै विच कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ज्योती लाईफ इन्स्योरेन्स लुम्विनी प्रदेश प्रमुख चरणदास तिमिल्सनाले बचत अपरीहार्य रहेको ले विमा गरेको बचतकर्तालाई भविष्यमा हुन सक्ने घातक रोग पुर्ण अशक्तता, कालगती मृत्यु, लगाएत बाट सृजित हुने आर्थिक क्षतिलाई विमा कम्पनीबाट विमितते गरेको विमाङ्क रकम बराबर विमित परिवारलाई रकम प्रदान गरिने बताउनु भयो ।
देशभर छरिएर रहेका लाखौं बीमितहरुको अनगिन्ती गुनासाहरु हुनसक्छन् ज्योति लाईफले बीमितहरुको गुनासोलाई छिटो छरितो सम्बोधन गर्ने गरेको शाखा प्रमुख युवराज पौडेलले बताउनु भयो । साथै आजै शाखाले नया अभिकर्ताहरुलाई तालिम प्रदान गरिएको उहाले बताउनु भयो ।