तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का
काठमाडौं-पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्किएयो छ । ६ विदेशी र १३ जना नेपालीसहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएकाे छ ।
आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे हुनसक्ने जानकारी प्राप्त भएको हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रथियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।
आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो ।