Connect with us
Kapilvast Forest

१७ खर्ब ९३ अर्बको बजेट विनियोजन

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आवको लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी हो।

अर्थमन्त्रीको रूपमा विष्णु पौडेलले ल्याएको बजेटलाई सरकार परिवर्तनसँगै गत भदौमा अर्थमन्त्री जर्नादन शर्माले विस्थापित गर्दै १६ खर्ब ३२ अर्बको बजेट विद्येयक ल्याएका थिए। राष्ट्रिय योजना आयोगले आगामी आवको लागि १७ खर्ब ४५ अर्बको बजेट सीमा पठाएको थियो।

शर्माले आगामी आवको लागि ल्याएको बजेटले चालु खर्चमा ७ खर्ब ५३ अर्ब, ३ खर्ब ८० अर्ब पुँजीगत खर्चमा र वित्तीय व्यवस्थामा २ खर्ब ३० बजेट छुट्याएको छ।त्यस्तै, सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुटाउने र २ खर्ब ४२ अर्ब वैदेशिक ऋण लिने भएको छ। सरकारले आगामी आवमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu