Connect with us
Kapilvast Forest

काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिले पदभार सम्हाल्ने

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्ने भएका छन्।वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए।

बालेन ६१ हजार सात सय ६७ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत ल्याएकी थिइन्।

नेकपा एमालेबाट मेयर उम्मेदवार केशव स्थापितले ३८ हजार एक सय १७ मत ल्याएका थिए।मेयर निर्वाचित भएका शाहलाई आज पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम छ।

सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा मेयर शाह, उपमेयर सुनिता डंगोल, ३२ वडाकै वडाध्यक्ष र सदस्यहरूले सपथ लिने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu