Connect with us
Kapilvast Forest

अधुरै रह्यो को-पाइलट उत्सवको आमा भेट्ने सपना

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

 

सुर्खेत – आइतबार दिउँसो १ बजे आमासँग भेट्ने सपना वाचा गरेका थिए, दुर्घटनाग्रस्त तारा एयरका को–पाइलट, उत्सव पोखरेलले । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ३ का पोखरेलले बिहानै टेलिफोन गरेर भनेका थिए, ‘दिउँसो काठमाडौं आउँछु, अनि आमासँग भेट्छु ।’

 

तर उनको आमा भेट्ने सपना अधुरै रह्यो । हिजोदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त स्थितिमा आज बिहान भेटिएसँगै उनको आमा भेट्ने सपना अधुरो भएको पुष्टि भएको हो ।

‘हिजो बिहान फोन गरेर दिउँसो एक बजे काठमाडौं फर्किन्छु भनेको थियो’, उत्सवका बुवा मणिराम पोखरेलले भने, ‘उसले भिडियो कल गरेर पोखरा लुक्लाको पाँच उडान भरेर काठमाडौं फर्किने भनेको थियो । तर, दैवले अब कहिल्यै भेट गराउँदैन जस्तो छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu