Connect with us
Kapilvast Forest

गठबन्धनका दलहरुलाई देउवाको आश्वासन : धोका हुँदैन

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं- सत्तारुढ दलहरुले स्थानीय चुनावमा तालमेल प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने आगामी चुनावतर्फ संकेत गर्दै धोका नदिने बताएका छन् ।

 

सत्तारुढ पाँच दलले स्थानीय चुनावमा देशभर तालमेल गर्ने निर्णय गर्दै महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रीय स्तरबाटै गरेका थिए । तर कतिपय ठाउँमा तालमेल नै भएन भने तालमेल भएका पालिकाहरुमा समेत बागी उम्मेदवारी परेको थियो । चुनावको समीक्षा गर्न सोमबार बालुवाटारमा बसेको बैठकमा दलहरुले तालमेल प्रभावकारी नभएको गुनासो गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले कांग्रेस स्वयंले तालमेलको पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

जवाफमा प्रधानमन्त्री देउवाले भने पार्टीभित्र मतभेद भएका कारण पनि तालमेल प्रभावकारी हुन नसकेको बताएका छन् । उनले अघि भने, ‘तर हामी धोका दिन्नौं ।’

छलफलका क्रममा नेताहरुले तालमेल प्रभावकारी भएको भए एमाले थप कमजोर हुन्थ्यो भनेका थिए । ‘राम्रोसँग तालमेल भएन । तालमेल भएको भए एमालेलाई धुलो चटाउन सकिन्थ्यो,’ एक नेता भन्छन्, ‘यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने कुराकानी भयो ।’

बैठकले नगर कार्यपालिका र जिल्ला समन्वय समितिको चुनावमा पनि गठबन्धनमा आवद्ध दलहरुबीच सहमति गरेर अघि बढ्ने जिल्ला र प्रदेशलाई निर्देशन दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu