Connect with us
Kapilvast Forest

सगरमाथा आरोही गायक राजु लामालाई सम्मान

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौं-विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुरको गठ्ठाघरमा मंगलबार आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् ।

 

चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान राखेका थिए । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष कृष्णहरी आचार्यलगायत वडा सदस्यलाई समेत बज्राचार्यले सो अवसरमा सम्मान गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu