Connect with us
Kapilvast Forest

माओवादीबाट जितेका जनप्रतिनिधिलाई पार्टीले हिमालयन होटलमा रात्रिभोज दिने

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पालिका चुनावमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनीधिहरूलाई आज बुधवार बेलुकी रात्रिभोज दिने भएको छ ।

पार्टीले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन काठमाण्डौ आएका जनप्रतिनिधिहरूलाई बेलुकी ७ देखि ९ बजेसम्म हिमालय होटलमा भोजको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । प्रशिक्षणमा पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखहरू सहभागी छन् ।

प्रशिक्षण भाेलि बिहीवारसम्म चल्नेछ । माओवादीले यसअघि २०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu