कपिलवस्तु नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिलाई कृषि विकास बैंकले गर्यो स्वागत र सम्मान
कपिलवस्तु-कपिलवस्तु नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई तौलिहवामा स्वागत र सम्मान गरिएको छ । कृषि विकास बंक लिमिटेड तौलिहवा शाखाले आफनै कार्यालयमा नगरपालिकाका नव निर्वाचित मेयर सुदीप पौडेल, उप मेयर सुनिता गुप्ता र वडाध्यक्षहरुलाई स्वागत र सम्मानित गरेको हो ।
बैकका निर्देशक राजेश कुमार श्रीवास्तव सहीतको टोलीले मेयर पौडल उप मेयर गुप्ता वडाध्यहरु जाहीद खा र प्रकाश गैरेलाई दोसल्ला फुलमाला र टीका लगाई स्वागत र सम्मान गरेका थिए ।
सो अवसरमा मेयर पौडेलले आफु सहीत नव निर्वाचित जन प्रतिनिधिहरुलाइ सम्मानित गरेकोमा धन्यबाद दिदै नगर क्षेत्रको बिकासमा बित्तिय संस्थाहरुले अहम भुमिका हुने बताए । उनले नगरपालिकाले बैक तथा बित्तीय संस्थाहरुसंग सहकार्य र समन्वय गरी अघि बढने बताए । उनले बु्द्धनगरीको आर्थिक विकासकालागि हातेमालो गर्न बैक र बित्तीय संथाहरुलाई आग्रह गरे ।
सो अवसरमा बैकका निर्देशक श्रीवास्तवले नव निर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना दिदै बैकले नगरको विकासकालागि समन्वय र साथ रहने बताए । शाखा प्रबन्धक रबिन्द्र कुमार पाण्डेको अध्यक्षता, बिर बहादुर जिसिको संचालनमा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, बैकको भैरहवाकी बरिष्ठ शाखा अधिकृत सिमा वन लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, बैकको बरिष्ठ शाखा प्रमुख जय नेपाल श्रेष्ठ, पकडी शाखा प्रमुख युवराज पोख्रेल लगायतको सहभागीता थियो ।