Connect with us
Kapilvast Forest

तिलोत्तमा नगर कार्यपालिकामा एमालेको बहुमत

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ । नगर प्रमुख र १७ मध्ये ९ वटा वडामा अध्यक्ष जितेको नेपाली कांग्रेस कार्यपालिकामा अल्पमतमा परेको छ ।बुधबार ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै सदस्य एमालेले जितेको छ ।

 

जसअनुसार महिलातर्फ देवकी थारु, राधा शाही, लक्ष्मी घिले, तारा सुनार र सावित्रा पन्थी आचार्य तथा दलित र अल्पसंख्यकबाट सुरेन्द्र बिक, नरबहादुर छन्तेल र रवि सेन्चुरी निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवारहरुले ४४ मत र नेपाली कांग्रेसका उम्मेदवारहरुले ४२ मत पाएका तथा १ मत बदर भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए ।

२७ सदस्यीय कार्यपालिकामा एमालेको पक्षमा उपमेयर, ८ जना वडाअध्यक्ष र ८ जना सदस्य गरी १७ जना र मेयर जितेको कांग्रेसको पक्षमा १० जना मात्र भएका छन् । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीबीच गठबन्धन भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu