Connect with us
Kapilvast Forest

अधिकारी परिवारद्वारा विद्यालयलाई अक्षयकोष

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको एक विद्यालयलाई अधिकारी परिवारले ५० हजारको अक्षय कोष रकम हस्तान्तरण गरेका छ्न् । विद्यालयमा अध्ययनरत गरीब, विपन्न तथा जेहेन्दार बालबालिकाहरू अध्ययनमा थप टेवा पुर्याउन अक्षय कोष स्थापना गरिएको हो ।

जिल्लाको शिवराज ३ बलुहवाडाँडा निवासी स्वर्गीय गणेश प्रसाद उपाध्यायको स्मृतिमा धर्मपत्नी सुमनदेवी अधिकारीको परिवारले शिवराज १ स्थित श्री सरस्वती आधारभूत विद्यालयलाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । विद्यालयका शि.अ.संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय उपाध्यायको स्मृतिमा धर्मपत्नी सुमन देवी अधिकारी तथा छोराहरू स्व. लिलामणी अधिकारी, थानेश्वर अधिकारी, शरद अधिकारी, बसन्त अधिकारी र कमल अधिकारी मिलेर विद्यालयमा अक्षय कोष रकम सहयोग गरेका हुन् ।

अधिकारी परिवार विद्यालयमा पुगी एक कार्यक्रमका बीच विद्यालयका अध्यक्ष छन्द बहादुर जिसीलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । किर्डाक नेपालको आयोजनामा शिक्षकहरूका लागि ४ दिने क्षमता अभिबृद्धि तालिम समापन समारोहको अवसर पारी अधिकारी परिवारबाट विद्यालयलाई रकम सहयोग प्राप्त भएको हो । तालिम समापन सत्रका प्रमुख अतिथि शिवराज नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले तालिमको प्रभावकारिताबारे औल्याउँदै सिकेका सीपलाई ब्यवहारमा उतार्नुपर्ने सुझाव दिएका थिए ।

 

चार दिनसम्म चलेको तालिमको सहजीकरण त्रिभुवन विश्व विद्यालयका प्राध्यापक विश्वमणी श्रेष्ठले गरेका थिए । तालिममा शिवराज र बुद्धभूमि नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता थियो ।याउन अक्षय कोष स्थापना गरिएको हो । जिल्लाको शिवराज ३ बलुहवाडाँडा निवासी स्वर्गीय गणेश प्रसाद उपाध्यायको स्मृतिमा धर्मपत्नी सुमनदेवी अधिकारीको परिवारले शिवराज १ स्थित श्री सरस्वती आधारभूत विद्यालयलाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

 

विद्यालयका शि.अ.संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय उपाध्यायको स्मृतिमा धर्मपत्नी सुमन देवी अधिकारी तथा छोराहरू स्व. लिलामणी अधिकारी, थानेश्वर अधिकारी, शरद अधिकारी, बसन्त अधिकारी र कमल अधिकारी मिलेर विद्यालयमा अक्षय कोष रकम सहयोग गरेका हुन् । अधिकारी परिवार विद्यालयमा पुगी एक कार्यक्रमका बीच विद्यालयका अध्यक्ष छन्द बहादुर जिसीलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।

किर्डाक नेपालको आयोजनामा शिक्षकहरूका लागि ४ दिने क्षमता अभिबृद्धि तालिम समापन समारोहको अवसर पारी अधिकारी परिवारबाट विद्यालयलाई रकम सहयोग प्राप्त भएको हो ।

तालिम समापन सत्रका प्रमुख अतिथि शिवराज नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले तालिमको प्रभावकारिताबारे औल्याउँदै सिकेका सीपलाई ब्यवहारमा उतार्नुपर्ने सुझाव दिएका थिए । चार दिनसम्म चलेको तालिमको सहजीकरण त्रिभुवन विश्व विद्यालयका प्राध्यापक विश्वमणी श्रेष्ठले गरेका थिए । तालिममा शिवराज र बुद्धभूमि नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu