Connect with us
Kapilvast Forest

तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं-निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।

‘हामीले एक साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय गरेका छौं’, तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले सेतोपाटीसँग भने,‘एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ।’

यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन्। काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्ता बर्तौलाले जानकारी दिए।

उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका हुन्।

यसैबीच जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएको छ।

मौसम विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट फोरकास्ट’ गर्न नसक्ने बताएको हो ।

यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ।विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ। तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।

‘आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने छ’, विभागको सूचनामा उल्लेख छ।

सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरूट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ।

तर, त्यस्तो सूचना कसले दिने भन्नेबारे अन्योल छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएका छन्।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu