Connect with us
Kapilvast Forest

बाणगंगा नगरपालिकामा आईतवार सार्वजनिक विदा नहुने

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

badganga

 

 

कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरुमा आईतबार सार्बजनिक बिदा नहुने भएको छ ।नगरपालिकाको सभाहलमा आज भएको बैठकमा नगरप्रमुख चक्रपाणि अर्यालले आईतवार सार्वजनिक विदा नदिने निर्णय भएको बताउँदै बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरु खोल्न निर्देशन दिनुभएको छ ।

विद्यालयमा हुने पठनपाठनलाई मध्यनजर गरेर पहिलो चरणमा असार मसान्त सम्म आईतवार पनि कार्यालयहरु सञ्चालन गर्न लागिएको मेयर अर्यालले बताउनु भयो ।

त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले विद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विद्यालयबाट प्रदान गरिने सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो ।

यसअघि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu