शितगंगाका जनप्रतिनिधीहरुलाई योजना तथा खरिद ब्यवस्थापन सम्बन्धि तालिम
अराज बेल्बासे, अर्घाखाँची- शितगंगा खबर र शितगंगा नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई क्षमता बिकास तालिम सञ्चालन गरेको छ । नव निर्वाचित जनप्रतिनिधी तथा कर्मचारीहरुलाई २ दिने तालिमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनु भयो ।
तालिममा स्थानिय तहको काम कतब्य र अधिकारको बारेमा प्रशिक्षण गरिने छ स्थानिय तह प्रदेश र संघ बिचको प्रशासनिक सम्बन्धको बारेमा पनि प्रशिक्षण गराइने छ ।
यस्तै स्थानिय तह योजना तर्जुमा निमार्ण र निर्णय प्रकृया सम्बन्धि छलफल स्थानिय आर्थिक कार्यबिधी र खर्च प्रकृया एवम सोको निर्णय सम्बन्धि छलफल स्थानिय तहको आन्तरिक स्रोत ब्यवस्थापन तथा वित्तय हस्तान्त्रण ,योजना कार्यान्वयन प्रकृया योजना सम्झौता खरिद ब्यवस्थापन र र्फछौट र स्थानिय वित्तिय जोखिमका सवाल कार्यपत्र समेत पेस गरिने प्रशिक्षक नेपाल सरकारका पुर्व सचिव रेश्मिराज पाण्डेले जानकारी दिनु भयो ।
२ दिने तालिमको पुर्व सचिव रेश्मिराज पाण्डे र सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवास सिवाकोटीले सहजिकरण गर्नु हुनेछ ।तालिमको उद्धघाटन समारोह योजना शाखा प्रमुख नुमलाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले सेवामा नँया रहेका जनप्रतिनिधी तथा कर्मचारीहरुले नजानेरै पनि गल्ती हुने भएकोले यस्तो तालिमले क्षमता बिकास हुनेमा अपेक्षा रहेको बताउनु भयो ।
नगरपालिकामा जनप्रतिनिधीहरुले जनताको लागि गरेका काममै बेरुजु देखिने समस्या रहेकोले स्थानिय सरकार सञ्चालन ऐन र खरिद ऐनको बारेमा जानकारी प्राप्त भए पछि नगरको प्रशासनिक क्षेत्र र बिकासको प्रगतीमा सुधार हुने अपेक्षा रहेको खनालले बताउनु भयो । यो अभिमुखीकरण तालिम पछि जनप्रतिनिधीहरुले कानुनी जटिलता बाध्यताको बारेमा जानकारी प्राप्त गर्ने खनालले बताउनु भयो ।
यस्तै नगरपालिकाका उपप्रमुख गिता भाटले जनप्रतिनिधीको रुपमा सिकाइको क्रममा समेत रहेकोले यो तालिमले कार्य क्षेत्रमा समेत सहजता हुने अपेक्षा रहेको बताउनु भयो । यस्तै नगर प्रमुख छबिलाल पौडेलले काम गर्ने क्रममा अनजानमै आर्थिक नियम बिपरित काम हरु हुने भएकोले पनि कानुनले अन्जानमा भएको भन्ने कुरा नमान्ने भएकोले यो तालमले मितब्यतामा समेत सुधार गर्ने आसा रहेको बताउनु भयो आर्थिक र योजनाको क्षेत्रमा कानुनी जटिलताहरुलाई माथी राख्न यस्ता खालका तालिमले सहयोग पुराउने बताउनु भयो ।