महाराजगन्जका जनप्रतिनिधिहरुलाइ बधाई ज्ञापन
कपिलवस्तु- यहाँको एक आँखा अस्पतालले महाराजगन्ज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द ( कालेबाबु ) नारायणी आँखा अस्पताल, बहादुरगन्जको आयोजनामा महाराजगन्ज नगरपालिकाका नवनिर्वाचित मेयर अब्दुल कलाम खान तथा उप मेयर रिता कुमारी कुर्मी लाई बधाई तथा शुभकामना प्रदान गरेको हो । नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उप सभापति तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अस्पताल ब्यवस्थापन समितीका सदस्य रेशम बहादुर खडकाले खादा ओढाएर बधाई ज्ञापन गर्नु भएको हो ।
यसैगरी अस्पतालले महाराजगन्ज नगरपालिकाका ११ वटै वडाका सम्पुर्ण वडा अध्यक्ष ज्यु हरुलाइ समेत बधाई ज्ञापन गरेको छ । जसअनुसार वडा नम्बर १ का प्रमोद कुमार चौधरी, २ का उजेर अलि,३ का नैन दास मुराउ, ४ का शैलेन्द्र नाथ शुक्ला, ५ का छेदी प्रसाद कुर्मी, ६ का राम सिंह कुर्मी चौधरी,७ का रामरुप बढइ,८ का योगेन्द्र प्रसाद के.सि., ९ का फरिद अहमद मुसलमान,१० का शैलेन्द्र कुमार चौधरी र ११ का धर्मेन्द्र कुमार पुरी रहनु भएको छ । उहाँहरुलाइ नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति रेशमबहादुर खडका ले सम्बन्धित वडा कार्यालयमै पुगेर बधाई ज्ञापन गर्नु भएको हो । सो अवसरमा दुई वटा वडाका अध्यक्षहरु संग भेट हुन नसकेको प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा ले बताउनु भएको छ । अस्पतालले महाराजगन्ज नगरपालिका सहित चारवटा स्थानीय पालिकाका जनप्रतिनिधिहरुलाइ बधाई ज्ञापन गरिसकेको छ । यसपछी क्रमशः कपिलवस्तु जिल्लाका अन्य पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पनि बधाई दिने कार्यक्रम तय भएको अस्पताल प्रशासनले बताएको छ ।
बधाई कार्यक्रम को सिलसिलामा बोल्दै महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खान तथा उप प्रमुख रिता कुमारी चौधरीले आँखा अस्पतालसंग सहकार्य गरेर अन्धोपन न्यूनीकरण गर्नमा आफुहरुको पुर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
साथै नगरपालिकाका प्रमुख कलामले आगामी आर्थिक बर्षमा अस्पतालको लागि आवश्यक पर्ने मेशिन खरिदको लागि समेत आवश्यक बजेटको ब्यवस्थापन गर्ने बताउनु भएको छ ।बधाईको लागि अस्पतालका प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा,ल्याब टेक्निसियन देबराज शर्मा र मधु खडकाको सहभागिता रहेको थियो ।