Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा नागरिकता सच्याएर बृद्धभत्ता खाने पक्राउ

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

 

 

अर्घाखाँची- नागरिकता केरमेट गरेर बृद्ध भत्ता खाने शितगंगा नगरपालिका–१३ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शितगंगा नगरपालिका–१३ सिमलपानीका केश बहादुर भाटलाई नागरिकता केरमेट गरेर बृद्धभत्ता खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक शंकर खड्काले बताए ।

उनले नागरिकतामा भएको जन्ममिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ ।

उनको मतादाता परिचय पत्रमा २०१६।८।२४ गतेनै रहेको भेटिएको प्रहरीको भनाई छ । पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu