Connect with us
Kapilvast Forest

शिवराज नगरपालिकामा आइतबार विध्यालय विदा नहुने

२०७९, २० जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुका शिवराज नगरपालिकामा आईतबार दिन विध्यालय संचालन हुने भएको छ । आज शिवराज नगरपालिकाले एक सुचना जारी गर्दै शिवराज नगर भित्रका सामुदायिक तथा सस्थागत सबै विध्यालयहरु आईतवार संचालन गर्न भनेको छ ।

शिक्षा शाखा अधिकृत पुर्णवहादुर विश्वकर्माद्वारा हस्ताक्षरीत सुचना प्रकासित गर्दै शिवराज नगरपालिकाले नगरपालिकाले शैक्षिक क्षेत्रमा दुविधा देखिएको भन्दै अर्को व्यवस्था नहुँदा सम्म एकरुपता कायम गर्न भन्दै नगरका सबै विध्यालयलाई आईतवार संचालन गर्न निर्देशन गर्नु भएको छ ।

 

साथै अन्य कार्यालयहरुको हकमा भने नगर कार्यपालिकाको बैठकको निर्णय पछि मात्रै आईतबार सार्बजनिक बिदा नहुने वा नहुने ठोस निर्णय आउने शिवराज नगरपालिका प्रमुख प्रसासकिय अधिकृत गणेश अर्यालले जानकारी दिनु भयो ।

विध्यालयहरु मत्रै बन्द गर्ने निर्णय प्रति समुदायका नागरीकहरुले चर्को आलोचना समेत गरेका छन । यसअघि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu