
अवैध रूपमा मापदण्ड विपरीत काम गर्ने जो कोही पनि कारवार्हीमा पर्ने मेयर थापाले बताउनुभयो । ‘नदीजन्य सामाग्री नगरले तोकेको भन्दा बढी निकाल्नु तथा चोरी तस्करी गरी उत्खनन गर्नु अवैध हो थापाले भन्नुभयो, ‘अवैध काम गर्ने छुट कसैलाई छैन नगरले कारवार्ही गर्छ, । मेयर थापाले वर्षे नि यसरी नै खोलाहरू उत्खनन गर्ने हो भन्ने सम्पदा नै मासिने डर रहेको बताउनुभयो । अवैध रूपमा उत्खनन भएको सूचना पाएपछि अनुगमनलाई प्रभावकारी बनाएको थापाले बताउनुभयो । प्रहरी प्रशासन तथा नगरका कर्मचारीको टोलीलाई अवैध उत्खनन विषयमा गम्भीर बन्न आग्रह गरेको उहाँले बताउनुभयो ।अनुगमनमा मेयर अजय थापा,प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल,वडा अध्यक्ष टेकलाल सापकोटा सहितको टोली रहेको थियो ।
स्पष्टीकरण माग
शिवराज नगरपालिकाले मापदण्ड विपरीत काम गरेको भन्दै तीन वटा ठेकदार कम्पनीलाई स्पष्टीकरण माग गरेको छ । नगरले तोकेको मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण माग गरिरहेको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो ।
जोकोही खोलको ठेकदार कम्पनी खड्का काष्ठ फर्निचर सप्लायर्स,मैनार खोला खनाल निर्माण सेवा, र सुकबेल खोलको जिम्मा पाएको ओम शान्ति कन्स्ट्रक्सन तपाईँहरू सँग गरेको सम्झौता किन नतोडिने ? भनी एक दिन भित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ ।
यस भन्दा अघि पनि नियम विपरीत काम गरेको गुनासो आएकोले चित्त बुझ्दो जवाफ नआएमा कालो सूचिमा राख्नुको साथै धरौटी जफत तथा सम्झौता तोडिने अधिकृत अर्यालले बताउनुभयो ।