Connect with us
Kapilvast Forest

मुगुमा यार्सा संकलकबाट २५ लाख राजश्व असुली

२०७९, २२ जेष्ठ आईतवारमा प्रकाशित

मुगु-जिल्ला भित्रका ब्यक्तिबाट जनही २ हजार र जिल्ला बाहिरबाट आएकासँग जनही २ हजार ५ सयका दरले राजश्व उठाउने गरिएको छमुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलकबाट २५ लाख राजश्व असुली भएको छ । अझै उठाउने क्रम जारी रहेको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्ला भित्रका प्रति ब्यक्तिबाट २ हजार र जिल्ला बाहिरबाट आएकालाई प्रति ब्यक्ति २ हजार ५ सयका दरले राजश्व उठाउने गरेको छ ।

 

अझै बढी राजश्व उठाउनको लागी गाउँपालिकाको टोली पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने ब्यक्तिबाट राजश्व असुल उपर गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए । अबैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रबेश गरि सकेको हुँदा यो पटक कम राजश्व असुली हुने अनुमान गरिएको उनको भनाई छ ।

लेखा अधिकृत शाहीले भने ‘बिगत बर्षहरु कम्तीमा ५ देखि ६ हजार यार्सा संकलकबाट राजश्व असुली हुने गर्थ्यो भने यो पटक स्थानीय निर्वाचनले गर्दा कम मानिस यार्सा टिप्न गएको हुँदा राजश्व पनि कमि उठ्ने सम्भावना छ ।’

 

मुगुम कार्मारोङ गाउँपालिकाको वडा नं-२ मा पर्ने विभिन्न पाटन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा सुरक्षाकर्मी सहित राजश्व संकलन टोली खटाइएको छ ।

कोरोना महामारीका कारण बिगत तीन बर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजश्व उठाउन पाएको थिएन । गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि जेठ १५ गते देखि प्रवेश खुल्ला गरिएको हाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj