Connect with us
Kapilvast Forest

गृहमन्त्री खाँण र नेकपा प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको भेटमा समेत सहभागी मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

 

सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको जानकारी दिएका थिए ।

‘स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको छ,’ प्रवक्ता पोखरेलले वार्तामा भएको कुराकानीबारे भने, ‘टुंग्याउनका लागि महान्यायाधीवक्ताको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सम्वन्धित पक्षबीच समन्यय भइरहेको छ ।’

बैठकमा प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राखेका थिए ।अर्को बैठक सम्वन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिटै बस्ने सहमति बनेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu