Connect with us
Kapilvast Forest

खोलामा माछा मार्न गएका दुई युवकको निधन

२०७९, २९ जेष्ठ आईतवारमा प्रकाशित

तनहुँ- माछा मार्ने क्रममा तनहुँमा दुई युवकको आइतबार डुबेर मृत्यु भएको छ । भानु नगरपालिका–२ बस्ने वर्ष २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।

उहाँले भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेर पौडी खेल्दै माछा मार्ने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको जानकारी दिनुभयो । मृतक दुवै नाताले दाजु र भाइ हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासिन्दा राजेश कार्कीले जानकारी दिनुभयो ।

दिउँसो ४ः३० बजे दाजुभाइ माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभयो । साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu