Connect with us
Kapilvast Forest

यात्रु ठग्दै अटो र ई–रिक्सा

२०७९, ३० जेष्ठ सोमबारमा प्रकाशित

कलैयामा सञ्चालित अटो र ई–रिक्साले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । मनोमानी दोव्वर भन्दा बढी भाडा असुल गर्दै सेवाग्राहीलाई ठग्ने गरेको पाइएको छ ।
पाँच किलोमिटर दुरी रहेको कलैयाको भरतचौकबाट दहीबजार पुग्न ई–रिक्साहरुले ५० रुपियाँ लिने गरेका छन् भने, कलैयाबाट गंजभवानीपुरका लागि प्रतियात्रु ५० रुपियाँ भाडा लिने गरेको भन्दै एक किलोमिटरका लागि १० रुपैयाँ तिर्नुपरेको भन्दै तत्काल भाडादर तोकेर नियमन गर्न प्रसासनसँग महागढीमाई नगरपालिका १० गंजभवानीपुरकी रुबी खातुनले माग गर्नुभयो । कलैयाबाट वीरगञ्ज चल्ने साना तथा ठूला यातायातका सवारी साधनहरुले भने ४० रुपियाँ भाडा लिने गरेका छन् । १३ किलोमीटर पुग्न ४० रुपैयाँ खर्चिनु पर्छ भने, पाँच किलोमीटर पुग्न ५० रुपिया“ तिर्नुपर्ने बाध्यता रहेको स्थानीय खातुनले जानकारी दिइन् ।

त्यसैगरि कलैयाबाट ९ किलोमीटरको दुरीमा रहेको गड्हल गाउ“सम्म पुग्न टेम्पो चालकले एक सय रुपियाँ लिने गरेका छन् । टेम्पोले आफू मनोपोली भाडा लिदाँ समेत सम्बन्धित निकाय मौन बस्दा सर्वसाधारणलाई ठगिन बाध्य भएको छ ।

कलैया बीरगञ्जको भाडास“ग तुलना गर्ने हो भने एउटै जिल्लामा फरक–फरक रेट देखिएको छ । प्रति किलोमिटर चार रुपिया“को दरले हिसाब गर्ने हो भने, पनि कलैया देखि गंजभवानीपुरसम्मको यात्रा गर्दा २० रुपियाँ हुनु पर्ने तोकिएपनि ५० रुपैयाँ लिने गरेका छन् ।

यसैगरि ई–रिक्साले आफू मनोपोली भाडा असुल्ने गरेको नगरवासीहरुले गुनासो गरेका छन् । यसरी सार्वजनिक रुपमा यात्रुहरु ठगिदै आएपनि सम्बन्धित निकायले अनुगमन समेत गर्न सकेको देखिदैन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu