Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अस्पतालको नाममा घडेरी बेच्ने धन्धा, पेश्की लिएर सम्पर्क विहिन

२०७९, ३१ जेष्ठ मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तु शिवराज नगरपालिकाको मुख्य व्यापारीक नगरी चन्द्रौटा स्थीत डिस्टीलरी भएको जग्गामा २ सय सैय्या गंगादेवी अस्पतालको शिलान्यास गरीयो । २०७८ साल भदौ ४ गते गंगादेवी अस्पतालको शिलान्यास भएपछि चन्द्रौटाका नागरिक खुसी भएका थिए ।
शिलान्यास कार्यक्रममा यस क्षेत्रका विधायक, मेयर, उपमेयर, वडाका अध्यक्षहरु सहभागी भए । चोक चौराहामा अस्तताल बन्ने विषयले चर्चा पायो । अस्पताल शिलान्यासको बखत निर्माण समाग्री समेत ल्याइयो ।

२०७८ साल भदौ ४ गते गंगादेवी अस्पतालको शिलान्यास

खानेपानीको लागि ठुलो डिप बोरिङ्ग समेत जडानको लागि समेत औजारहरु ल्याइए तामझाम सहित कार्यक्रम आयोजना भयो । नेताहरुले चिल्लो भषण दिए । शिलान्यास कार्यक्रम सकियो सबै आफ्नो घर तर्फ लगे ।

उक्त गंगा देवी अस्पताल शिलान्यास भएको झण्डै एक बर्ष वित्नै लग्दा अस्पतालको संरचना लगायतको कार्यको एक प्रतिशत पनि काम हुन सकेको छैन । एक बर्षको अवधीमा अस्पतालको संरचना निर्माणको काम सुरु नै भएन तर उक्त जग्गा प्लाटिङ्ग गरी घडेरी निर्माण भने धमाधम गरियो । उक्त स्थानमा दर्ता नभएको अस्पतालको ठुलो बोर्ड समेत लगेको छ । बोर्ड देखाउदै घडेरी बेच्ने कामले निरन्तरता पाएको छ ।
नवलपरासी घर बताउने बर्ष ५५ का कृष्ण पण्डीत र उनकी श्रीमती बर्ष ५० की सुनिता पण्डीतले अस्पताल बनाउने बहानामा जग्गा बेच्ने करोबारलाई निरन्तरता दिन थाले । ५ विघा १४ कठ्ठा क्षेत्रफल रहेको उक्त जग्गा कपिलवस्तुका शाह परिवारको नाममा रहेको छ । शाह परिवारका राजु शाह, महेश शाह र उनकी बहिनीहरुको नाममा उक्त जग्गा रहेको छ ।
स्रोतले जनाए अनुसार शाहहरुबाट नवलपरासीका कृष्ण पण्डीत र उनकी श्रीमती सुनिता पण्डीतले सो जग्गा रु २ अर्ब ८० करोडमा खरिद गर्ने लगभग पक्कापक्की भएको थियो ।


शाह परिवारको जग्गा आफ्नो नाममा पास नगर्दै पण्डीत दम्पतीले बोरिङ्ग जडान, जग्गा प्लाटिङ्गको काम धामधम गरे । पण्डीत दम्पतीले रकम व्यवस्थापन गर्न नसक्दा जग्गा पास हुन नसकेको स्रोतले जानकारी दिएको छ ।
चन्द्रौटाका आधा दर्जन भन्दा वढी व्यापारीले घडेरीको बयाना समेत बुझाएको सुत्रले जानकारी दिएको छ । जग्गाको पेश्की (बयाना) रकम बुझेर पण्डीत दम्पनी अहिले सम्पर्क विहिन भएका छन् । बयाना दिएका व्यापारीहरुले पण्डीत दम्पतीलाई खोजतलास गरिरहेका छन ।


जग्गा प्लाटिङ्गको लागि ल्याइएको सिमेन्ट, इटा, ढुङ्गा, वालुवाको रकम समेत बाकी रहेको छ । निर्माण समाग्री दिएका तर रकम नपाएका स्थानियले पटक पटक सम्र्पक गर्दा समेत पण्डीत दम्पतीको कुनै अत्तोपत्तो छैन । रकम नपाएका आधा दर्जन व्यापारीहरु अहिले पिडित बनेका छन ।

स्थानिय चुपचाप …………..
वस्ती विचमा ठुलो अस्पताल बनाउन लगेपछी स्थानियले विरोध गरेका थिए । ठुलो अस्पताल शहर देखी टाढा बनाउन माग गरेका स्थानिय समेत प्रलोभनमा परेर चुप बसे । नवलपरासीका कृष्ण पण्डीत र उनकी श्रीमती सुनिता पण्डीतले स्थानियलाई मन्दीर बनाउका लागि १ कठ्ठा जग्गा र केहीलाइृ रोजगार दिने भनेपछी स्थानिय चुप लागेर पण्डीत दम्पतीको पक्षमा वकालत गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu