Connect with us
Kapilvast Forest

कर्णाली प्रदेश सरकारले सिंहदरबार बनाउने

२०७९, २ असार बिहीबारमा प्रकाशित

सुर्खेत -कर्णाली प्रदेश सरकारले प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने गरी कर्णाली सिंहदरबार बनाउने भएको छ ।

हाल वीरेन्द्रनगर नगरपालिका –७, इत्राममा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय रहेका छन् । सोही ठाउँलाई घेराबार गरेर कर्णाली सिंहदरबार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।

बजेटबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, `हामीले यो गत आर्थिक वर्षमै बनाउन खोजेका थियौं तर सफल हुन सकेको थिएन । आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउँछ । त्यसका लागि बजेटपनि छुट्याएका छौं।’

उनका अनुसार कर्णाली सिंहदरबार निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेको थियाे । तर संगठन संरचना फेरबदल भएपछि पुनः डीपीआर गरिने छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा भवन निर्माण हुनेछ । झण्डै दुई बिघा जग्गामा आठवटै मन्त्रालयका भवन बनाइनेछ । त्यसका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu