Connect with us
Kapilvast Forest

ललितपुरमा पेस्तोल र गोली सहित एक जना पक्राउ

२०७९, १४ असार मंगलवारमा प्रकाशित

ललितपुर — ललितपुर प्रहरीले ललितपुर महानगरपालिका-४ कृष्णमन्दिर इमाडोल लुभु सडकखण्डबाट पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठ छन् ।

श्रेष्ठले चलाइरहेको प्रदेश ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीभित्र लुकाएर ल्याएको पेस्तोल १ थान, पेस्तोलको खाली म्याग्जिन, पेस्तोलमा लाग्ने गोली (बुलेट) २ थान बरामद गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी शिद्धी विक्रम शाहले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj