Connect with us
Kapilvast Forest

सबै माओवादी एकजुट हुन आवश्यक छ: प्रचण्ड

२०७९, १५ असार बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादीबीच एकता आवश्यक रहेको बताएका छन् ।

विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु ओमप्रकाश पुन लगायतलाई स्वागत गर्न मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्न सबै माओवादी एकजुट हुन आवश्यक रहेको बताए ।

उनले ओम प्रकाश पुन लगायतका नेताहरु माओवादी केन्द्रमा फर्किंदा अन्यलाई राम्रो सन्देश गएको बताउँदै उनले भने ‘वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक छ ।’

क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)को नियतप्रति आफ्नो शंका नभएको तर चाहनाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाइ छ । ‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ प्रचण्डले भने, ‘तर, क्रान्ति चाहनाले मात्रै हुने कुरा होइन । क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन, सही विचारमा लाखौं जनतालाई गोलबद्ध गरेर जनताले गर्ने कुरा हो ।’

सबैले आ–आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुनर्विचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उनले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu