Connect with us
Kapilvast Forest

स्कुल बसले ठक्कर दिँदा मोरङमा २ बालबालिकाको मृत्यु

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

स्कुल-  छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठक्कर दिएर मोरङका दुई बालबालिकाको ज्यान गएको छ।
मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको हो।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो।

हृतिकको घटनास्थलमै मृत्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले बताएको छ ।

यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए।
आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। आक्रोशित स्थानीयले स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरेका थिए।

बुधबार अबेर पीडित पक्ष र नगर प्रमुख बडा अध्यक्षसहितको बैठकमा विद्यालयले पीडित परिवारका दुई बालबालिकालाई रंगेली नगरपालिका भित्रका जुनसुकै निजी विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क पढाइदिने भएको छ।

यस्तै परिवारलाई क्षतिपूर्ति स्वरूप ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएको थियो।
प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu