Connect with us
Kapilvast Forest

महानगर प्रमुख र उपप्रमुखद्वारा पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमन

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- महानगरका प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनीता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले शुक्रबार सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्नुभएको छ । उहाँहरु अधिकारीसहित बिहान ९ बजे अनुगमनका लागि स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखु पुग्नुभएको थियो ।

‘‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ ।’ अनुगमनपछि प्रमुख साहले भन्नुभयो, ‘‘पूर्वाधार निर्माण गर्दा वातावरण परेको असरलाई पनि हामीले हेरेका छौँ ।’’

उपप्रमुख डङ्गोलले अनुगमनका विषयमा जानकारी दिनुहुँदै भन्नुभयो, ‘‘अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्नेछौँ ।’’
अनुगमनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी गराउनुभएको थियो । वडामा पार्क तथा पोखरी निर्माण गर्दागर्दै व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने, वडाध्यक्ष डङ्गोलको भनाइ थियो ।

वडा २६ मा रहेको भगवान बहाल पुनर्निर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले जानकारी दिनुभएको थियो । उहाँका अनुसार करिब चार करोड लागतमा बहाल पुनर्निर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ । जसमध्ये एक करोड ५० लाख रुपियाँ काठमाडौं महानगरपालिकाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माणकार्य भइरहेको हो । दोस्रो चरणका लागि साढे तीन करोड लागतको अनुमान छ । जसमा सिंहसार्थबाहुको मन्दिर र आँगन मन्दिर जीर्णोद्धार गरिनेछ ।

अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख साहले पुनर्निर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राख्नुभएको थियो ।

वडा नम्बर ५ मा रहेको पञ्चेधारा तथा पार्क निर्माणको अवलोकनका क्रममा धारामा पानीको प्रवाह सम्भावना हेरिएको थियो । त्यसबेला आएका स्थानीयहरुसँग प्रमुख साहले धाराको विगतका विषयमा र प्राविधिकहरुसँग जलप्रवाह सम्भावनाका विषयमा कुराकानी गर्नुभएको थियो ।

अनुगमनका क्रममा कार्यपालिका सदस्यहरु मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशकहरु बसन्त आचार्य, नरेन्द्रविलास बज्राचार्य, राम थापासहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu