Connect with us
Kapilvast Forest

सत्र प्रतिशत मात्रै काम

२०७९, १८ असार शनिबारमा प्रकाशित

काठमाडौँ पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्य सम्पन्न हुने समयसम्ममा १७ प्रतिशत मात्र काम भएको छ । आयोजना विस्तारको अन्तिम म्याद आगामी साउन २२ सम्मको रहेको छ । साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । सम्झौता भएको दुई महिनापछि २०७५ चैत ८ गते विस्तार कार्यको शिलान्यास गरिएको थियो ।

नारायणगढ–बुटवल खण्ड विस्तार आयोजनाका प्रमुख रमेशकुमार दिष्टीका अनुसार कोभिड–१९ को महामारी, निकुञ्ज क्षेत्रमा रुख कटानमा भएको कानुनी बाधाअड्चन, बस्ती रहेको क्षेत्रमा विद्युत्को पोल तथा खानेपानीको पाइपलगायतका सामानहरू स्थानान्तरण गर्न भएको ढिलाइका कारण आयोजनाको काम अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताउनुभयो । अहिलेसम्म आयोजनाको ठूलो अवरोधका रूपमा रहेको रुख कटान तथा युटिलिटीका सामानहरू स्थानन्तरण गर्ने कार्य सम्पन्न भइसकेको हुनाले अब आयोजनाको काम द्रुत गतिमा अगाडि बढ्ने उहाँले दाबी गर्नुुभयो ।

सो खण्डमा निर्माण गर्नुपर्ने १२ वटा ठूला पुलमध्ये अहिले १० वटामा र २२ वटा साना पुलमध्ये १५ वटामा काम भइरहेको छ । निर्माण भइरहेका साना पुलहरूको निर्माण कार्य अन्तिम चरणमा रहेको र यसै महिनादेखि सवारीसाधन सञ्चालन हुनेछ । त्यसैगरी २१५ वटा कलभल्र्टमध्ये ५२ वटाको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी निर्माणाधीन छन् । अहिले आयोजना स्थलमा निर्माण कम्पनीको २१० वटा उपकरण तथा चार सयभन्दा बढी जनशक्ति कार्यरत छन् ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर रहेको छ । विस्तार भइरहेको सडकखण्डको ‘स्ट्यान्डर्ड’ चौडाइ चार लेन (२४ मिटर) हुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu