Connect with us
Kapilvast Forest

मुख्यमन्त्री परिवर्तनको सम्भावना छ : सहमहामन्त्री पाण्डे

२०७९, १८ असार शनिबारमा प्रकाशित

मंगलसेन नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने संकेत गर्नुभएको छ ।

नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेसक्ने विषयमा उहाँले धारणा राख्नुभएकाे हाे।

बागमतीको मुख्यमन्त्री फेर्ने विषयमा मौखिक सहमतिअनुसार परिवर्तन हुने भन्दै त्यसैको तरङ्ग सुदूरपश्चिममा पनि पुगेको उहाँकाे दावी छ ।

“मुख्यमन्त्री परिवर्तन हुने सम्भावना देखिन्छ” पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । सहमतिअनुसार नै यसअघि कर्णाली प्रदेशको मुख्यमन्त्री फेरिएको उदाहरण दिनुभएका पाण्डेले सुदूर र बागमती प्रदेशका मुख्यमन्त्री परिवर्तनको बारेमा थप विषय खुलाउनु भएन ।

हाल बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री हुनुहुन्छ । बागमतीमा राजेन्द्र पाण्डे र सुदूरपश्चिममा त्रिलोचन भट्ट मुख्यमन्त्रीमा हुनुहुन्छ ।

सरकारी गठबन्धनले एक चक्र पार गर्नुपर्ने भन्दै सहमहामन्त्री पाण्डेले दीर्घकालीन नभए पनि तत्कालिक रणनीतिको विषय बनाएर जाने भनाइ छ ।

स्थानीय तहमा गठबन्धनका दलहरुले इमान्दारिता नदेखाएको भन्दै आगामी दिनमा प्रभावकारी बनाएर जाने भनाइ उहाँको छ ।

एमाले र माओवादी गठबन्धनभन्दा काँग्रेस र माओवादी गठबन्धन नै सही भएको धारणा राख्नुभयो । संविधान र संसदीय प्रणाली बचाउन नै आफूहरुले गठबन्धन गरेको दाबी सहमहामन्त्री पाण्डेको छ ।

शेखर पक्षको भेलाका बारेमा पत्रकारले सोधेको प्रश्नमा पार्टी कमजोर बनाउन नभएर विधि, विधानमा हिँडाउन, सुझाव, दवावका लागि काम गर्ने भनाइ राख्नुभयो ।

गिरिजाप्रसाद कोइराला सभापति हुँदा वर्तमान सभापतिले समेत छुट्टै बैठक राख्ने गरेको भन्दै पार्टीको केन्द्रीय कमिटीलाई रचनात्मक सुझाव दिन अलग बैठक भएको भनाइ राख्नुभयो ।

प्रधानमन्त्री र पार्टी सभापति एकै व्यक्ति भएकाले काममा सोचे अनुसारको प्रभावकारिता नभएको समेत उहाँले बताउनुभयो ।

जीपी फाउण्डेसन अछामद्वारा बिरामीका लागि फलफूल वितरण कार्यक्रममा समेत उहाँ सहभागी हुनुभएका थियो । सहमहामन्त्री पाण्डेको गृह जिल्ला बाजुराको बूढीगंगा नगरपालिकामा असार २३ गते हुने स्थानीय तह निर्वाचनका लागि आउनुभएको हाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu