Connect with us
Kapilvast Forest

हामीले सरकार छोडेपछि ४९ अर्बको चामल कसरी आयात भयो ?

२०७९, १८ असार शनिबारमा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको बताउनु भयो । शनिवार अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको बताए । उनले हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको बताए ।

उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेकोले यो स्थितिलाई बदल्नुपर्ने उनको भनाई छ । उनले भने–‘बाहिरको खाद्यान्न आयात वृद्धिका लागि हो कि खाद्यान्नमा आत्मनिर्भर हुन नदिनका लागि हो कि वा छुद्र कमिसनको खेलका लागि हो कि ?’

अध्यक्ष ओलीले हरेक वर्ष किसानलाई चाहिने जति मल आयात नहुने गरेको बताउँदै वर्षायाममा मल चाहिन्छ भन्ने कुरा थाहा भएपछि ६ महिना अघि नै किन तयारी नगरेको भन्दै प्रश्न गरे ।

संसद्‍मा प्रधानमन्त्री शेरबहादुर देउवाले मलको अभाव नहुने बताए पनि मल नल्याएर झुक्याउने काम गरेको बताए । उनले किसान महासंघका प्रतिनिधिहरूलाई कृषकहरूको उत्पादकत्व वृद्धि गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu