Connect with us
Kapilvast Forest

राप्रपाले भंग गर्‍यो धवलशमशेर नेतृत्वको एकता वार्ता समिति

२०७९, २० असार सोमबारमा प्रकाशित

महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा वार्ता समिति गठन भएको थियो।
महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।
वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्ने जिम्मेवारी केन्द्रीय समितिले दिएको थियो।

वार्ता समितिमा महामन्त्री राणा, ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष थिए।यो समितिले विभिन्न पार्टी र व्यक्ति तथा समूहसँगवार्तारसंवाद गरेर राप्रपामा समाहित पनि गरेको थियो।

यो समितिले अनौपचारिक रूपमा रवीन्द्र मिश्र, रवि लामिछाने लगायतसँग पनि छलफल गरेको थियो।वार्ता समितिमार्फत कांग्रेस बिपीका धेरैपदाधिकारीलाई राप्रपामा समाहित पनि भएका थिए।तत्कालका लागि वार्ता र संवादका काम सकेकोले उक्त वार्ता टोली हालै भंग गरिएको राप्रपाले जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले महामन्त्री राणा नेतृत्वको वार्ता टोलीले विभिन्न पक्षसँग वार्ता गरी अधिकांशमा सफल भएको बताए। उनले कतिपय व्यक्ति र समूह राप्रपामा समाहित भइसकेको र केही हुने क्रममा रहेको बताए।‘तत्कालका लागि वार्ता समितिको आवश्यकता रहेन त्यसैले भंग गरिएको छ। पार्टीले आवश्यकता ठानेपछि फेरि गठन गर्छ,’ प्रवक्ता श्रेष्ठले सेतोपाटीसँग भने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu