राष्ट्रियसभा बैठक सुरु
काठमाडौं- सङ्घीय संसद्को राष्ट्रियसभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट राष्ट्रियसभा बैठक सुरु भएको हो ।आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले ‘‘कोभिड १९ सङ्कट व्यवस्था विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।