Connect with us
Kapilvast Forest

जसपाका नयाँ मन्त्रीको सपथ साढे ४ बजे

२०७९, २० असार सोमबारमा प्रकाशित

जनता समाजवादी पार्टीका नयाँ मन्त्रीको सपथ आज हुने भएको छ।सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन्।

जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।
जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको थियो।जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका थिए।

जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ।
हालै नेकपा एकीकृत समाजवादीले पनि पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।
जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो। अध्यक्ष यादवले मन्त्री फिर्ता बोलाउन नखोजेको भन्दै विरोध पनि भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu