नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे शाेकसभा सम्पन्न
- निशा विश्वकर्मा चनाैटा, असाेज २४,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी कपिलवस्तुले नेकपा जिल्ला सचिवालय सदस्य एंव महाराजगन्ज नगर ईन्चार्ज सन्ताेषि पाण्डेका श्रीमान् शिवराज ३ खरेन्द्रपुर निवासी पार्टी संगठिन सदस्य स्वर्गीय तुलसी बहादुर पान्डेयको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सभा सम्पन्न गरेको छ ।
शाेक सभामा नेकपा केन्द्रीय सदस्य डाेर प्रसाद उपाध्ययले स्वर्गीय तुलसी बहादुर पाण्डेले बामपंथी अान्दोलन र यसकाे सस्थागत विकासमा गरेका अमुल्य याेगदान रहेको बताउनु भयाे । नेता उपाध्यायले विगतलाई हेरेर मात्र नभई स्वर्गीय पाण्डेको जिवन संगिनि र छाेराहरु समेत सिङ्गो नेकपा पार्टीका जिम्मेवार नेता भएकालेे हुदा उहाँको बाकी अधुरा सपना पुरा गर्न नेकपा पार्टी हरदम उहाहरुकाे साथमा रहने प्रतिवद्दता समेत व्यक्त गर्नुभयाे ।
शाेकसभामा नेकपा केन्द्रीय सदस्य एंव जिल्ला सह- इन्चार्ज बिमला घिमिरेले स्वर्गीय तुलसी बहादुर पाण्डे प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले पार्टीको सस्थागत विकासमा महत्त्वपूर्ण भुमिका खेल्नुभएका विषयकाे चर्चा गर्नुभयो । शाेकसभामा नेकपा का नेता एंव प्रदेश सभा सदस्य बिष्णु पन्थि, नेकपा प्रदेश कमिटी सदस्य अहमद अब्दुल रउफले स्वर्गीय पाण्डेकाे असामयिक निधनले हामी र हाम्रो पार्टीको स्तब्ध भएकाे यस शाेककाे घडीमा कम्युनिस्ट आन्दोलनलाई ठुलो एवं गहिरो चोट पुगेको बताउदै शोकाकुल परिवारजनमा धैर्य धारण गर्न शक्ति मिलाेस् भन्दै हार्दिक भावपुर्ण समवेदना प्रकट गर्नुभएकाे थियाे ।
नेकपा जिल्ला कमिटी अध्यक्ष झविलाल पाेखरेलकाे अध्यक्षतामा अायाेजित शाेकसभामा नेकपाका प्रदेश स्तरिय, जिल्ला, क्षेत्र र नगर स्तरिय नेता तथा कार्यकर्ताले शाेक मन्तव्य राख्दै स्वर्गीय पाण्डेको उपचारार्थ भएकाे अकल्पनीय मृत्युले पार्टीलाई अपुरणिय क्षति पुगेको चर्चा गर्नुभयो ।
स्वर्गीय पाण्डेको नवाै दिनकाे पुन्यतिथिमा पाण्डे निवास शिवराज ३ खरेन्द्पुरमा अायाेजित शाेक सभाकाे संचालन जिल्ला पार्टी सचिव रामचन्द्र शाह ( बिष्णु)ले गर्नुभएको थियो भने पार्टीका सयाै कार्यकर्ता र स्वर्गीय पाण्डेका परिवारका सदस्य हरुकाे समेत सहभागितामा रहेकाे थियो ।