Connect with us
Kapilvast Forest

काँग्रेस पदाधिकारी बैठक : के-के विषयमा भयाे छलफल ?

२०७९, २१ असार मंगलवारमा प्रकाशित

नेपाली-  काँग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएकाे प्रवक्ता प्रकाशशरण महतले बताए ।

बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए । उपसभापति पूर्णबहादुर खड्काकाे संयोजनमा बसेकाे बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएकाे निवेदनबारे निर्णय हुने उनले बताए ।

उनले भने, “भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवेदन आएको छ । कसलाई मान्यता दिने, कसलाई नदिने भन्नेबारे पनि छलफल भयाे । केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मर्ज गर्न कुरा भएकाे छ ।” काँग्रेसका १३ भ्रातृ र १९ शुभेच्छुक संस्था रहेका छन् । यसमध्ये केहीलाई मर्ज गर्ने र थपकेहीलाई मान्यता दिने तयारी भइरहेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

उनले भने, “आज भ्रातृ तथा शुभेच्छुक संस्थाबारे मात्र छलफल भएकाे हाे । अरु कुनै विषयमा छलफल भएन । फेरि बस्ने गरी आजकाे बैठक सकिएकाे छ ।” बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउनुपर्नेमा नेताहरुले जाेड दिएका थिए । युनियनकाे ९ औं महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu