Connect with us
Kapilvast Forest

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

२०७९, २३ असार बिहीबारमा प्रकाशित

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम अर्थमन्त्री शर्माले राजीनामा दिनुभएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत् जानकारी दिनुभएको हो ।

अर्थमन्त्री शर्माले बुधबारको प्रतिनिधिसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि संसदमा उहाँको राजीनामा मागिएको थियो । यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu