Connect with us
Kapilvast Forest

दोहोरो नागरिकताको व्यवस्था चाँडो समाधान गर्नुपर्छ : महामन्त्री शर्मा

२०७९, २३ असार बिहीबारमा प्रकाशित

राले- नर्थ क्यारोलिना नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको संविधानमा गैर आवासीय नेपालीलाई दिने भनिएको दोहोरो नागरिकतासम्बन्धी व्यवस्था चाँडोभन्दा चाँडो समाधान गर्नुपर्छ भन्नुभएको छ । उहाँले यसलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउनुपर्छ भन्नुभयो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ११ औँ साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महामन्त्री शर्र्माले आइतबार यहाँ सो कुरा बताउनुभएको हो ।

महामन्त्री शर्माले देश बाहिर रहेका नेपालीलाई एकसूत्रमा बाँध्नका लागि हरेक राजनीतिज्ञले दूरगामी भएर सोच्नुपर्ने बेला आएको छ भन्दै देश बाहिर रहेका नेपालीका बारेमा सबै राजनीतिक पार्टीबीच साझा राष्ट्रिय एकता बन्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, नेपालको समुन्नतिका लागि संसारभर छरिएर रहेका नेपालीको हरदम आवश्यकता रहने भएकाले उनीहरुलाई आपसमा जोड्नुपर्छ । शर्माले अठोटका साथ भन्नुभयो नेपाल शान्तिप्रिय छ, यसको अनन्त संभावना छ, यसलाई बनाउन सकिन्छ र बन्छ ।

उहाँले नेपाल बनाउनका लागि बाहिर बसेका सबै नेपालीको साथ र समर्थन चाहिने आशा व्यक्त गर्दै साँस्कृतिक रुपान्तरणको खाँचो रहेको पनि औँल्याउनुभयो । उहाँले देश निर्माण गर्न मस्तिष्क चाहिने र त्यो कुरा पछिल्लो पुस्तालाई पनि बताइरहनुपर्ने कुरामा पनि जोड दिनुभयो ।

सो अवसरमा एनआरएन अमेरिकाका अध्यक्ष वुद्धि सागर सुवेदीले अध्यक्षको प्रतिवेदन पेस गर्र्दै आफूले एक वर्षको कार्यकालमा स्पष्टरुपले तीन चारवटा महत्वपूर्ण कार्य सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले अमेरिकामा रहे बसेका नेपालीलाई आफ्नी आमालाई भेट्न जाँदा लिइँदै आएको भिषा शुल्क हटाउनुपर्ने वा भिषा लिन नपर्ने व्यवस्था गर्न गराउन नेपाल सरकारले तत्परता देखाउनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यस अवसरमा वरिष्ट उपाध्यक्ष कृष्णजीवी पन्थले हाम्रो टिमलाई विश्वास गर्न र केही साथीहरुले एनआरएनको मर्म र भावना विपरीत कार्य गरेकोमा त्यसको घोर भत्र्सना गर्नुभयो ।

नेकाका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनका केन्द्रीय अध्यक्ष कुल आचार्य र महासचिव डा. केशव पौडेलले नेपालसँग कसरी जोड्न सकिन्छ भन्ने कुरामा जोड दिँदै दोहोरो नागरिकताको व्यवस्था तत्काल सम्वोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

दुई दिने सो सम्मेलनको दोस्रो दिन ज्ञान सम्मेलन आयोजना भयो । सो अवसरमा विज्ञहरुले विदेशमा बस्ने नेपालीहरुले प्राप्त गरेको ज्ञान, सीप र दक्षता नेपाली माटोमा पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँहरुले नेपालको समुन्नति र विकासका लागि अमेरिकामा रहेर विभिन्न विषयमा विज्ञता हासिल गरेका नेपालीहरुलाई आफूले गर्नसक्ने जति सहयोग गर्न पनि अपील गर्नुभयो ।

सो अवसरमा १२ वटा विभिन्न विषयमा ५० भन्दा बढी विज्ञहरुले अर्थशास्त्र, कृषि, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यवसाय तथा उद्यमशीलतालगायतका विषयमा आफ्नो क्षेत्रमा गर्नुपर्ने सुधार र यसको धारणा सार्वजनिक गर्नुभएको थियो ।

यसरी धारणा सार्वजनिक गर्नुहुनेमा डा. भगवान कोइराला, प्रा. धर्मराज बाँस्कोटा, नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ, डा. माधव पाण्डे, डा. यादव पण्डित, डा. मनोज कुमार नेपाल, डा. सुशील पाण्डे, डा. लोचन कार्कीलगायत हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना मन्तव्य पनि पढेर सुनाइएको थियो । प्रम देउवाले शुभकामनामा यो विज्ञ सम्मेलन नेपाल र नेपालीका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । सो अवसरमा नेपाली काँग्रेसका नेत्री कमला पन्त, प्रतिमा गौतमलगायत सम्मेलनमा सहभागी हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu