Connect with us
Kapilvast Forest

फोहोर बोक्ने गाडी बिग्रिए: सडकमा डंगुर उस्तै

२०७९, २७ असार सोमबारमा प्रकाशित

काठमाडौं- करिब १५ दिनदेखि काठमाडौंको सडकमा थुप्रिएको फोहोर शुक्रबार रातिदेखि उठाउने सहमति भयो ।महानगरपालिकाको फोहोर विसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले विरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

शुक्रबार मध्यराति स्थानीय वासिन्दासँग सहमति भयो, तर काठमाडौंका सडकमा थुप्रिएका फोहोर अझै उठाइएको छैन । महानगरका धेरै ठाउँमा पैदलयात्रीले अझै नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ ।

महानगरका गल्लीगल्लीमा मात्रै होइन वातावरण विभाग रहेको टेकुमा समेत फोहोरको पहाड छ ।बञ्चरेडाँडाका स्थानीय वासिन्दाले फोहोर फाल्न नदिएका कारण थुप्रिएको फोहोरले सडक नै ढाक्न थालेपछि महानगरपालिकाले कतिपय स्थानको फोहोर उठाएर टेकुमा राख्दै आएको थियो । तर त्यही फोहोरको थुप्रोका कारण टेकु क्षेत्र दुर्गन्धित बनेको छ । फोहोर थुपारिएको ठाउँबाट लिचेड बगिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj