Connect with us
Kapilvast Forest

हातहतियार खरिद विधिसम्मत हुन्छ

२०७९, २८ असार मंगलवारमा प्रकाशित

काठमाडौँ- नेपाल प्रहरीले आफ्ना लागि हातहतियार आवश्यक रहेकाले हतियार खरिद विधिसम्मत हुने बताएको हो । प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले विज्ञप्ति जारी गरी खरिदसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै यससम्बन्धी समाचार प्रवाह गर्दा संवेदनशील हुन पनि आग्रह गर्नु भयो । उहाँले राज्यको सीमित स्रोतसाधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै हातहतियार खरिद प्रक्रिया हुने जानकारी गर्नु भयो ।

उहाँले भन्नुभएको छ खरिद प्रक्रियाबारे सार्वजनिक चासो, चिन्ता र सकारात्मक अपेक्षाको मूल्याङ्कन गर्दै प्रचलित खरिदसम्बन्धी ऐन, नियम र कार्यविधिमा व्यवस्था भएबमोजिम पारदर्शी ढङ्गले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी प्रधान कार्यालय सदैव सचेत, सजग एवं संवेदनशील छ ।उहाँले नेपाल प्रहरीको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीलाई आवश्यक हातहतियार खरिद गर्ने प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

उहाँले भन्नुभएको छ, “प्रहरीको सङ्गठनात्मक ढाँचा र दरबन्दीमा पछिल्लो समयमा भएको बढोत्तरी एवं सात वर्षभन्दा लामो समयदेखि प्रहरीलाई अत्यावश्यक रहेको हातहतियार खरिद नभएकाले नेपाल प्रहरीले आवश्यक हातहतियारको चरम अभाव झेल्दै आएको वास्तविकता जानकारी गराउन चाहन्छौँ ।

उहाँले समय–समयमा जनधनको क्षति हुने, शान्ति र अमनचयन खल्बल्याउने प्रकृतिका दङ्गा–फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभूति दिलाउन प्रयोग हुँदै आएको कम घातक हातहतियार, छोटो दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलहरूको आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

प्रवक्ता राईले मौजुदा हातहतियार खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, बिग्रने र मिति समाप्त हुने हातहतियारलाई क्रमशः विस्थापन गरी प्रयोग मिति समाप्त भएका ग्यास सेलको प्रयोगमा प्रश्नचिन्ह उठ्न सक्ने जानकारी गर्नुु भयो छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj