फिरौती माग्ने उद्देश्यले बालिका अपहरण: मोवाइलबाट खुल्यो पोल
विराटनगर- विराटनगरबाट अपहरणमा परेकी एक वर्षकी बालिकाको प्रहरीले बुधबार विहान सकुशल उद्दार ग¥यो । भारतको दरभंगा पु¥याइएकी बालिकालाई खोज्न प्रहरीले उनलाई लैजाने महिला अनु साहको मोवाइलको लोकेसनमार्फत पछ्याएको थियो ।
विराटनगर महानगरपालिका–५ कि २७ वर्षकी अनु साहको मोरङको बुढीगंगा गाउँपालिका–१ का दिपेन यादवसँग दुई महिनाअघि चिनजान भएको थियो । चिनजान भएको छोटो समयमा नै उनीहरुले नियमित कुराकानी गर्न थाले ।
कुराकानीका क्रममा दिपेनले अनुलाई आफ्नी श्रीमती पढाइको सिलसिलामा काठमाडौंमा रहेको र एक वर्षकी छोरी आफूसँग रहेको जानकारी गराएका थिए । अनुले दिपेनकी छोरी निकिशासँग भेट्ने चाहना गरिन् । उनीहरुबीच २ साउनमा भेट्ने सहमति भयो ।
दिपेन छोरी लिएर कारमा विराटनगरको रोडशेष चोकमा आए । त्यहाँबाट अनु कारमा चढिन् । दिपेनकी छोरीलाई बोकिन्, नयाँ लुगा लगाइदिइन् । उनीहरु चिया खान महेन्द्र मोरङ क्याम्पस जाने बाटोमा रोकिए । गाडीबाट ओर्लिँदा पनि अनुले दिपेनकी छोरी आफैंले बोकिरहिन् । चिया अर्डरपछि अनुले फोन गर्नुछ भन्दै दिपेनको फोन मागिन् ।
प्रहरीका अनुसार अनु र रवीन्द्रले पूर्व योजना अनुसार नाबालिकालाई दुहबी, इनरुवा र सप्तरी हुँदै भारतको कुनौली नाकाबाट गाडी रिजर्ब गरेर दरभंगा पठाएका थिए ।
दरभंगामा अनुसँग चिनजान भएका विकास साहको घर छ । साहकै घरबाट प्रहरीले बालिकालाई उद्दार गर्दै अनुलाई पक्राउ गरेको हो ।
काखमा निकिशालाई बोकेकी उनी फोन लिएर पसलबाट बाहिर निस्किइन् ।
बाहिर प्रदेश ०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा विराटनगर– ६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साह पर्खिरहेका थिए । फोनमा बोलेजस्तो गर्दै अनु मोटरसाइकलमा चढेर भागिन् ।
सोमबार विहान साढे ९ बजेको घटनापछि दिपेन छोरी लिएर अनु आउने आशमा बसे । नआएपछि उनले सोेमबार बिहान ११ बजे प्रहरीलाई खबर गरे । खबर पाएपछि खोजी सुरु गरेको प्रहरीले बुधबार बिहान भारतको दरभंगाबाट बालिकको उद्दार गरेको हो ।
अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर– ६ रामपुर चोक बस्ने वर्ष २७ को रवीन्द्रकुमार साह र विराटनगर– ५ कारखाना टोल बस्ने अनुलाई पक्राउ गरेको छ ।
आमा काठमाडौंमा बस्ने गरेकाले सानी छोरी जसले बोक्दा मान्दिरहिछन् जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भने पूर्व योजना अनुसार नै निकिशालाई बोकेर भागेको पाइयो ।
अपहरणकारीले बालिकाका आफन्तलाई हल्ला नगर्न धम्की पनि दिएका थिए ।प्रहरी उपरीक्षक कोइरालाका अनुसार अपहरणको योजना रवीन्द्रले बनाएका थिए । रवीन्द्रकै योजना अनुसार अनु दिपेनसँग नजिकिएकी थिइन् ।
रवीन्द्रले बुढीगंगामा श्रीराम ट्रेडर्स सञ्चालन गर्छन् पसल सञ्चालनका क्रममा दिपेनसँग चिनजान भएको देखिन्छ प्रहरी उपरीक्षक कोइरालाले भने रवीन्द्रकै योजनामा अनु दिपेनसँग नजिकिएकी थिइन योजनावद्ध रुपमा छोरीलाई लिएर भागे पनि ।
प्रहरीका अनुसार अनु र रवीन्द्रले पूर्व योजना अनुसार नाबालिकालाई दुहबी, इनरुवा र सप्तरी हुँदै भारतको कुनौली नाकाबाट गाडी रिजर्ब गरेर दरभंगा पठाएका थिए ।
दरभंगामा अनुसँग चिनजान भएका विकास साहको घर छ । साहकै घरबाट प्रहरीले बालिकालाई उद्दार गर्दै अनुलाई पक्राउ गरेको हो ।अनु र बालिकालाई भारत पठाएर विराटनगर फर्किएका रवीन्द्रलाई प्रहरीले मंगलबार नै पक्राउ गरेको थियो ।
उनकै बयानका आधारमा प्रहरीले दरभंगाबाट बालिकाको उद्दार गरेको हो ।प्रहरी स्रोतका अनुसार बालिकालाई भारतको दरभंगा पठाएपछि रवीन्द्र अनुको मोबाइल लिएर आएका थिए ।
अनुको मोबाइल र फेसबुकबाट उनले दिपेनका बाबुलाई भोलि फोन आउँछ अहिले शान्त भएर बस्नू भनी धम्कीपूर्ण भाषा प्रयोग गरेर म्यासेज पठाएको प्रहरीले बताएको छ ।
दिपेनको बाबुलाई पठाएको म्यासेज खोज्ने क्रममा प्रहरी रवीन्द्रसम्म पुगेको थियो । रवीन्द्रलाई पक्राउ गरेपछि भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्दार गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
कुनौली नाकाबाट गाडी रिजर्ब गरेर दरभंगास्थित विकास साहको घरमा लगेर राखिएको रहेछ प्रहरी उपरीक्षक कोइरालाले भने साहको आफन्त नेपालमा छन्, अनु दुई वर्षअघि त्यहाँ पुगेर एक हप्ता बसेकी रहिछन् ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार अपहरणकारीले १५ लाख रुपैयाँसम्म फिरौती माग्ने योजना बनाएका थिए । तर घटना सुरुमा नै बाहिरिएपछि उनीहरु दुई दिनमा नै पक्राउ परे ।
आर्थिक लाभ लिनका लागि नजिकिएर बालिकाको अपहरण गरेको देखिन्छ कोइरालाले भने फिरौती माग्न भने पाएनन् ।