बुद्धभुमी बैकंर्स क्लब गठन
कपिलवस्तु-
बुद्धभुमी नगरपालिका क्षेत्र भित्र सेवा संचालन गरेका बैकं तथा बित्तिय संस्थाहरुको भेला गोरुसिंगेमा सम्पन्न भएको छ ।
भेलाले एनएमबि बैकं गोरुसिंगे शाखा प्रमुख लाल बहादुर भण्डारीको नेतृत्वमा बुद्धभुमी बैकर्स क्लव गठन गरेको छ ।
बुद्धभुमी नगरपालिका अन्र्तगत हाल गोरुसिंगे र ईमिलियामा सेवा संचालन गरिरहेका बैकं तथा बित्तिय संथाहरुमा कार्यरत शाखा प्रमुखहरुको भेलाले अध्यक्षमा एनएमबि बैक गोरुसिंगे शाखा प्रमुख लाल बहादुर भण्डारी , सचिवमा सिटिजन बैकं ईमिलियाका प्रमुख शमिर कुमार श्रेष्ठ, कोषाध्यक्षमा कामना सेवा बिकास बैक शाखा प्रमुख महेन्द्र प्रसाद घिमिरे, त्यसैगरी सदस्यहरुमा लक्ष्मि बैकका प्रमुख नितेश श्रेष्ठ, शिद्धार्थ बैकका प्रमुख उमंग पाखरीनं, एनआईसि एसिया बैकका प्रमुख ं शुनिल अर्याल, शांग्रिला बैकका प्रमुख हरिसचन्द्र भारती, शाईन बैकंका प्रमुख शुदिप खनाल रहेका छन ।