Connect with us
Kapilvast Forest

जनकपुरधामको फुटपाथ : तीन दिनभित्र खाली गराइने

२०७९, ६ श्रावण शुक्रबारमा प्रकाशित

जनकपुरधाम- उपमहानगरपालिकालाई व्यवस्थित बनाउन तीन दिनभित्र फुटपाथ खाली गर्न अनुरोध गर्दै जनप्रतिनिधिसहितको टोली सडकमा निस्केका हुन्।

जनकपुरधामलाई सफा सुग्घर र व्यवस्थित बनाउन बिहीबार जनप्रतिनिधिसहितको टोलीले जथाभावी कब्जा गरिएका फुटपाथ तथा सडक पेटी तीन दिनभित्र खाली गर्न स्थानीयसँग आग्रह गर्दै सडकमा निस्कनु भएका हुन् ।

मधेश प्रदेश राजधानीसमेत रहेको जनकपुरधामका फुटपाथमा राखिएका अव्यस्थित व्यवसायलाई बन्द गर्न जनप्रतिनिधि र प्रहरीसहितको टोलीले संयुक्त रुपमा व्यस्त सडक तथा बजारमा घुमी स्थानीय सर्वसाधारण र व्यवसायीलाई अनुरोध गर्नु भएको छ ।

साथै जथाभावी फोहाेर नफाल्न, पान र गुट्खा खाएर जथाभावी नथुक्न जारी सूचनामा उल्लेख छ । सडकमै गरिने अव्यवस्थित पार्किङ, नगरलाई हराभरा बनाउन र धार्मिक पर्यटकलाई आकर्षण गर्न सबैले आफ्नो दायित्व पूरा गर्न पालिकाले अनुरोध गरेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापन मुख्य चुनौतीको विषय रहेकोले यस वर्ष यसलाई नै मूल मुद्दा बनाएर सचेतना कार्यक्रम अन्तर्गत जनप्रतिनिधि, ट्राफिक, नगरप्रहरी, जिल्ला प्रहरी, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, युवा क्लबसहितको टोली सडकमा निस्केको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।

मुख्य चुनौतीको रुपमा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको लागि स्थान पनि तय भइसकेको छ र पार्किङ व्यवस्थापनको तयारीमा पनि जुटेका छौं उहाँले भन्नुभयो । साथै छाडा चौपाया व्यवस्थापनमा भने किही समय लाग्ने भएपनि स्थायी रुपले नै यसलाई व्यवस्थित गर्ने उहाँले बताउनुभयो । अब निरन्तर प्रयासमा चलिरहने प्रमुख साहले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu